सर्वोच्च अदालतले आफ्नो जीवनमा पहिलो पटक बिहीबार पारदर्शिताको नयाँ प्रयोग गर्याे– प्रधानन्यायाधीशसमेत पाँच न्यायाधीश एउटै मञ्चमा उपस्थित भएर करिब एक सय सम्पादक तथा मिडिया प्रतिनिधिहरुलाई न्यायपालिकाका सम्बन्धमा सम्बोधन गर्नुभयो ।
‘यसअघि पत्रकार सम्मेलन नगरिएको होइन, सर्वोच्चले मिडियाकर्मीहरु भेला गरेर धेरै अन्तरक्रिया चलाएको छ, तर प्रधानन्यायाधीशसहित पाँच–पाँच न्यायाधीश भेला भएर सबाल–जबाफ भएको हाम्रो इतिहासमा पहिलो हो,’ न्यायाधीश ईश्वर खतिवडाले भन्नुभयो, ‘न्यायालयले प्रेस जगत्लाई कति बढी महत्व दिएको रहेछ भन्ने तथ्यका रुपमा यस अन्तरक्रियालाई बुझिदिन अनुरोध गर्दछु ।’ यो खबर आजको नेपाल समाचारपत्रले छापिएको छ ।
प्रतिक्रिया दिनुहोस्