राजनीति

मन्त्री बस्नेतद्वारा ग्रीनरीको शुभारम्भ हुने



भक्तपुर, १७ साउन । उठौं जागौं, हनुमन्ते नदी सफा गर्न लागौं भन्ने नाराका साथ शुरु गरिएको हनुमन्ते नदीको ७५औं हप्ताको अवसरमा वन तथा वातावरण मन्त्री शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा ग्रीनरीको शुभारम्भ हुने भएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतको विशेष संरक्षकत्व तथा पहलमा भइरहेको उक्त अभियानले भक्तपुरलाई देशकै नमुना सफा र समृद्ध बनाउने बाटोमा अघि बढिरहेको छ । जस अनुसार अभियानको ७५औं हप्ता भक्तपुरमा हरियाली प्रर्बद्धन सम्बन्धी विशेष कार्यक्रम हुने भएको हो ।

नेपाल सरकार वन तथा वातावरण अन्तर्गतको वातावरण विभाग तथा सूर्यविनायक नगरपालिकाको आयोजनामा हुने हरियाली प्रवद्र्धन÷ग्रीनरी अरनिको राजमार्ग अन्तरगत जडिबुटी पुलदेखी सूर्यविनायक चोकसम्म हुने भएको छ । १८ गते शनिवार विहान ७ बजेदेखी शुरु हुने आयोजकले जनाएको छ । आयोजकले सम्पूर्ण भक्तपुरवासीलाई उपस्थितीको लागि आग्रह समेत गरेको छ ।

घलाते चोकमा दुबो लगाएर हरियाली प्रर्बद्धनको सांसद बस्नेतको संरक्षण तथा सूर्यविनायक नगरपालिकाका प्रमुख वाशुदेव थापाको संयोजकत्वमा भइरहेको उक्त अभियानले हनुमन्ते नदि सफाईमा मात्र केन्द्रीत नभई समग्र वातावरणलाई स्वच्छ राख्नु पर्छ भन्ने उद्धेश्यले सडक, मठ–मन्दिर लगायतका सार्वजनिक स्थलहरुको सरसफाई गर्दै वृक्षारोपण, पार्क निर्माण जस्ता कार्यहरुलाई पनि उच्च प्राथमिकता साथ आफ्नो योजना भित्र समावेश गरी हरियाली सहित सुन्दर भक्तपुर बनाउन क्रियाशिल रहेको छ ।

उक्त कार्यक्रमलाई दुई भागमा विभाजन गरी हरियाली प्रवद्र्धन गर्ने सांसद बस्नेतले जानकारी गराउनुभयो । उहाँका अनुसार अरनिको राजमार्ग अन्तरगत मध्यपुर थिमी नगरपालिकाको क्षेत्र र सूर्यविनायक क्षेत्र गरी दुई भागमा विभाजन गरी तिव्र गतिका साथ निर्माण कार्य सम्पन्न गराईने बाउनुभयो ।

देशकै सफाई अभियानको मार्ग दर्शकको रुपमा रहेको उक्त अभियानले हाल फोहोर टिप्ने मात्र नभई वातावरण प्रदुषण नियन्त्रण, मानिसमा चेतनाको विकास, विकास निर्माणको अनुमगन, विकृति तथा विसंगतिलाई न्युनिकरण, सामाजिक एकता कायम गराउने लगायतका असंख्य कार्यहरुको प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा कार्यहरु तिव्र गतिमा अघि बढाइरहेको छ ।

स्थानिय जनप्रतिनिधिहरु, समाजमा विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याउनु भएका व्यक्तिहरु, नागरिक समाजका अगुवा, राजनीतिज्ञ, समाजसेवी, कलाकार, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नेपाली सेना, पातञ्जल योग समिति, वेभ ग्रुप, कलकल ग्रुप, नेप्से म्याक, फुलवारी, रेडक्रस, स्काउट, शिक्षकहरु, विद्यार्थी एवं विभिन्न सामाजिक संघ–संस्थालगायतको हालसम्म उल्लेख्य सहभागिता रहेको छ ।