भक्तपुर, १७साउन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले आगामी दिनमा कुनै पनि योजनामा बजेट पार्नको लागि व्यवस्थित योजना तथा कार्यन्वन आवश्यक हुने बताउँदै कसैको कृपा तथा नेताको आदेशको भरमा बजेट नपर्ने बताउनुभएको छ ।
लटरम्मेश्वर तथा सत्यदेवी माता मन्दिर सूर्यविनायक वडा नं. १० मा आयोजित शिव पुराण २०७६ को समापन कार्यक्रममा बोल्दै सांसद बस्नेतले व्यवस्थित योजना तथा प्रकृया अघि बढेपछि मात्र बजेट ल्याउन सकने धारणा प्रस्तुत गर्नुभयो । उहाँले व्यवस्थित योजनाका साथ विकासका कार्यहरु अघि बढिरहेको बताउँदै विगतमा भक्तपुरको विकास हुन नसकेको तर अहिलेका जनप्रतिनिधिले विकासलाई तिव्रता दिइरहेको बताउनुभयो ।
भक्तपुरमा सडक, खानेपाी, ढल, पुललगायतका कार्यहरु नभएको ठाउँहरुमा व्यवस्थित रुपमा डिपिआरको प्रकृया अघि बढेकाले अव उक्त समस्याहरु क्रमिक रुपमा समाधान हुँदै जाने बताउँदै उहाँले आगामी तीन वर्ष÷चार वर्ष भित्रमा अतिआवश्यक सडकहरु निर्माण भइसक्ने बताउनुभयो । उहाँले दिव्येडाँडा खानेपानी निर्माणको अन्तिम चरणमा रहेको र यसै वर्ष उक्त आयोजनाबाट खानेपानी जनतासामू पुर्याउने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
चित्तापोलका तीनवटा सडकहरु केन्द्रीय योजनामा पार्न सफल भएको बताउँदै पूर्वउद्योगमन्त्री समेत रहनुभएका सांसद बस्नेतले भक्तपुरमा खानेपानीको समस्या समाधान गर्न डिपिआर बनाउने प्रकृया अघि बढेको जानकारी गराउनुभयो । धार्मिक स्थलहरुलाई पर्यटकिय स्थलको रुपमा विकास गर्दै आर्थिक तथा सामाजिक विकासलाई अघि बढाउनुपर्ने जोड दिँदै उहाँले भन्नुभयो, ‘शुरुमा विउ राखेर फल फलाउन कठिन हुन्छ तर हुर्किएको विरुवामा फल फलाउन सहज हुन्छ त्यसैले भक्तपुरको विकासको फल शुरु भएको छ ।’
१०० वटा पर्यटकिय क्षेत्रमध्येमा साँगादेखी अनन्तलिङ्गेश्वरसम्मको क्षेत्रलाई पर्यटकिय क्षेत्र घोषणा गर्न सफल भएको जानकारी गराउँदै उहाँले जनताको चासो र क्रियाशिलताबाट नै विकासको लागि आवश्यक बजेट प्राप्त गर्न सकिने बताउनुभयो । आर्थिक अभावले भक्तपुरको विकास नरोकिने बताउँदै उहाँले भन्नुभयो, ‘योजनाका फाइल बोकेर अघि बढ्नुहोस्, जहाँ अड्कीन्छ त्यहाँ म आउँछु ।’










प्रतिक्रिया दिनुहोस्