काठमाडौँ, १७ साउन । द्वन्द्वको समयमा नेपाली सेनाबाट भागेर जनमुक्ति सेनामा प्रवेश गरेका एक जवानलाई सैनिक अदालतले १० वर्ष जेल सजाय फैसला गरेको छ ।
सेनाबाट भागेको १३ वर्षपछि गोरखा, आरुघाट–९ का शक्ति गुरुङ (विक्रम)लाई सैनिक समरी जनरल अदालतले आइतबार जेल सजाय सुनाएको हो ।
उनी ‘२०६३ साल साउन ३० गते उनी हतियारसहित भागेका थिए ।’ ‘सोही कसूरमा अदालतमा मुद्दा दर्ता थियो ।’ सैनिक ऐन, २०६३ मा भएको हातहतियार, गोलीगठ्ठासहित भगौडा सम्बन्धी कसूरमा मुद्दा चलेको थियो ।
अदालतको फैसलालाई ९ साउनमा प्रधानसेनापति पूर्णचन्द्र थापाले सदर गरेपछि गुरुङलाई जिल्ला कारागार चितवन पठाइएको छ । सैनिक स्रोतका अनुसार गुरुङले द्वन्द्वको समयमा ४ सय ५० वटा गोली लिएर भागेको पुष्टि भएको थियो ।










प्रतिक्रिया दिनुहोस्