राजनीति

सिटीइभिटी कार्यक्रममा अनियमितता



काठमाडौँ, १८ साउन । दैलेखको चामुण्डा माविले कालिकोटको खाडाचक्र नगरपालिका–१ मा २० जना युवाका लागि जुनियर कम्प्युटर हार्डवेयर तालिम सम्पन्न गरेको भन्दा भुक्तानीका लागि प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटीइभिटी० को कर्णाली प्रदेश कार्यालय सुर्खेतमा निवेदन दिएको छ ।

३ सय ९० घण्टाको तालिम सञ्चालन गरेबापत विद्यालयले ३ लाख ३९ हजार २ सय रुपैयाँ भुक्तानी पायो । विद्यालयले भुक्तानीका लागि पेस गरेको विवरण र सिटीइभिटीको अनलाइन विवरणमा उल्लेख भएका विद्यार्थीको विवरण आपसमा मिल्दैन । यो समाचार आजको नागरिकमा छापिएको छ ।