Banner News

सार्वजनिक जग्गा कब्जा गर्ने जोसुकै अपराधि हो : उपप्रधान पोखरेल



काठमाडौँ, १८ साउन । उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा कब्जा गर्ने अपराधिरहेको बताएका छन ।

शनिबार बौद्ध रामनगरस्थित लाखे पोखरी लोकतान्त्रिक पार्क उद्घाटन गर्दै मन्त्री पोखरेलले काठमाडौँमा सार्वजनिक जग्गा अतिक्रमण गर्ने क्रम बढेको बताउदै सार्वजनिक जग्गा अतिक्रमण गरी आफ्नो नाममा बनाउन नेता-वकिल-केही सञ्चार क्षेत्र लागेको उनले बताए ।

उनले भने, ‘अहिले के देखिएको छ भने काठमाडौँका धेरै ठाउँमा सार्वजनिक सम्पति अतिक्रमण गर्ने, सार्वजनिक जमिन आफ्नो बनाउने नेटवर्किङ सेटिङ छ, ‘विभिन्न राजनीतिक पार्टीका मान्छे टोपी लगाएर उभिएका हुन्छन् । कालो कोट लगाउने वकिल, सञ्चार क्षेत्रमा काम गर्ने व्यक्ति र विभिन्न व्यवसाय गर्ने मान्छेहरू सेटिङमा हुन्छन् ।’

पार्टी आफ्ना-आफ्ना होलान् सामाजिक अपराधकाविरुद्धमा एक हुनुपर्ने बताउदै उनले जुनसुकै प्लेटफर्मबाट आएका मान्छे भए पनि सार्वजनिक सम्पति कब्जा गर्ने, खोस्न चाहने र खान चाहनेहरू सामाजिक अपराधि भएकोले उनीहरूका विरुद्ध एकजुट भएर लाग्नुपर्ने उनले बताए ।