भक्तपुर, २० साउन । भक्तपुरको सूर्यबिनायक नगरपालिका-६ सूर्यविनायकबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन् ।
सिन्धुपाल्चोक ईन्द्रावती गाउँपालिका-३ का ४२ वर्षीय धन श्रेष्ठ पक्राउ परेका हुन् । श्रेष्ठको साथबाट नुर्फिन ६ एम्पुल, भेनेजगम ६ एम्पुल, डाईजेल्याप ५ एम्पुल र सिरिन्ज ३ वटा फेला परेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका उनीमाथि थप अनुसन्धान भईरहेको प्रहरीले जनाइएको छ ।










प्रतिक्रिया दिनुहोस्