समाचार

सशस्त्र प्रहरीका तीन एआईजीको सरुवा



काठमाडौँ, २० साउन । सशस्त्र प्रहरीका ३ जना अतिरिक्त महानिरीक्षक (एआईजी)को सरुवा गरिएको छ ।

आइतबार सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पत्रकार सम्मेलनमा एआईजीहरुको सरुवा गरिएको जानकारी दिएका हुन् ।

मन्त्री बाँस्कोटाले सुरक्षा विभागका पुष्पराम केसीलाई सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान, मानवस्रोत साधान विभागका नारायणबाबु थापालाई सीमा सुरक्षा विभागमा र प्रशिक्षण प्रतिष्ठानमा कार्यरत रामशरण पौडेलको मानव स्रोत साधान विभागमा सरुवा भएको छ ।