समाचार

८ जनाको नागरिकता बदर



काठमाडौँ, २० साउन । सरकारले झुटो विवरण पेश गरी नागरिकता लिने ८ जनाको नागरिकता बदर गरिदिएको छ ।

आइतबार सरकारका प्रवक्ता एवम् सूचना तथा प्रविधि मन्त्री गोकुल बाँस्कोटाले मन्त्रिपरिषद् बैठकले ८ जनाको नागरिकता खारेज गर्ने निर्णय गरेको जनकारी दिएका हुन् ।

नागरिकता बदर हुनेमा अशोक साह, विन्दे महतो, दानदेवी महतो, सोशील महतो, राजेन्द्र महतो, रामकिशोर महतो, राजेश्वर महतो र राजकुमार महतो रहेका छन् ।