चितवन, २० साउन । नारायणगढ–मुग्लिन सडकखण्डको जलवीरेबाट रेडबुल बोकेको ट्रक त्रिशूली नदीमा खसेको छ ।
इच्छाकामना गाउँपालिका–६ जलविरेमा ट्रक अनियन्त्रित भई आज बिहान करिब २ः३० बजे वीरगञ्जबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ५४१३ नम्बरको ट्रक त्रिशूलीमा खसेको हो जिल्ला प्रहरी कार्यालय, चितवनले जनाएको छ ।
ट्रकको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ । ट्रक चालक सर्लाही जिल्ला चकरघट्टा गाउँपालिका–५ का ३२ वर्षीय मुकेश चौधरी ट्रकबाट हाम फालेर बाँच्न सफल भएको प्रहरीले जनाएको छ । ट्रकमा अन्य मानिस भने नभएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्