कपिलवस्तु, २१ साउन । कपिलवस्तुमा सर्पको टोकाइबाट दुईजनाको मृत्यु भएको छ ।
सोमबार बाणगंगा नगरपालिका ६ भगलापुरका ४५ वर्षीय तेजप्रसाद खनाल र सोही नगरपालिका वडा ३ की ५० वर्षीया शुभमाया थापाको मृत्यु भएको हो।
मृतक खनाललाई लक्ष्मणघाट बोलबम जानलाग्दा बिहान आफ्नै घरको आगनमा सर्पले टोकेको र उपचारका लागि गोरुसिंगे स्थित सर्पदंश उपचार केन्द्रमा लैजादै गर्दा मृत्यु भएको हो । त्यस्तै थापालाई पनि विहानै सर्पले टाकेको थियो । उनको उपचारको क्रममा सर्पदंश उपचार केन्द्र गोरुसिंगेमा मृत्यु भएको हो ।










प्रतिक्रिया दिनुहोस्