समाचार

एक युवक गरे सुधार केन्द्रमै झुण्डिएर आत्महत्या



भक्तपुर, २१ साउन । भक्तपुरको  नयाँ बिहानी सुधार केन्द्रमा एक युवकले झुण्डिएर आत्महत्या गरेका छन् ।

भक्तपुरको सूर्यविनायक-९, नंखेलको भाटेढिकुरमा रहेको नयाँ बिहानी सुधार केन्द्रमा दोलखाको तामाकोशी-२ का ४४ वर्षीय माधव कार्कीले आत्महत्या गरेका हुन् ।

शनिबार बिहान ५५ दिनअघि रक्सीको लत छुटाउन केन्द्रमा भर्ना भएका मृतक कार्की कोठामा रहेको दुई तले खाटमा पासो लगाएर झुण्डिएको अवस्थामा मृत भेटिएका प्रहरीले कार्यालय भक्तपुरले जनाएको छ ।

अनुसन्धानमा संलग्न अधिकृतका अनुसार, केन्द्रमा रहेको सीसी टीभी फुटेजमा उनले आत्महत्या गर्दै गरेको दृश्य कैद भएको छ । अहिले उनको शवलाई पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज लगिएको छ ।