राजनीति

विकास निर्माणको काममा जुट्न मेयर शाक्यको आह्वान



काठमाडौँ, २३ साउन । काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले नगरबासीलाई विकास निर्माणको काममा जुट्न आग्राह गरेका छन ।

आज काठमाडौँमा मातृभूमि महिला समाजले आयोजना गरेको कार्यक्रममा बोल्दै मेयर शाक्यले महानगरपालिकाले सम्पदा पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकताका साथ अघि बढाएको बताउदै विकास निर्माणको काममा जुट्न आह्वान गरेका हुन ।

उनले चुनावका बेला गरिएको सबै प्रतिवद्धता पूरा हुने गरी आफूले काम गरिरहेको बताउदै महानगरबासीलाई मारमा पर्न नदिन चालू आर्थिक वर्षमा पनि करको दर नबढाइएको स्पष्ट पारेका छन ।

उनले भने, ‘सम्पदाको पुनर्निर्माण, हरियाली प्रवद्र्धन र पूर्वाधार निर्माणको कामलाई उच्च प्राथमिकता दिइएको छ, ‘महानगरबासीलाई दुःख नहोस् भनेर कुनै पनि क्षेत्रमा करको दर बढाएका छैनौं ।’