समाचार

त्रिशूलीमा बस खस्दा ३ जनाको मृत्यु : २५ बेपत्ता



धादिङ, २४ साउन । सर्लाहीको मलङ्गवाबाट काठमाडौँ आउँदै गरेको यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा तीन जनाको मृत्यु भएको भएको छ ।

आज बिहान ३ बजे ना छ ७४६९ नंको बस तिशूलीमा भएको दुर्घटनामा परि तीन जनाको मृत्यु भएको छ भने २५ जना हराइरहेको र १२ जना गम्भीर घाइते भएका छन् ।

घाइतेहरूको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ । मृतक तीन जना र हराइरहेकाको पहिचान खुल्न सकेको छैन । बसमा ४० भन्दा बढी यात्रु रहेको आशंका गरिएको छ । क्षतिको विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।