काठमाडौँ, २४ साउन । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई हिंस्रक नेताको रुपमा प्रस्तुत गरेकामा असन्तुष्टि जनाएका छन् ।
आज काठमाडौँमा शमी मासिक साहित्यिक पत्रिका लोकार्पण समारोहलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रचण्डले १० वर्ष लामो जनयुद्धको नेतृत्व गरेपछि आफू हिंसात्मक क्रियाकलापमा संलग्न नभएको बताए ।
उनले भने, ‘मलाई आजभोलि कयौंले हिंस्रक मान्छे, अपराधी भने जस्तो गर्दा अनौठो लाग्छ ।’ ‘म यस्तो विद्रोही नेता हुँ, जसले कसैलाई लपेटा हानेको पनि छैन, कसैको एक लपेटो खाएको पनि छैन ।’
सशस्त्र विद्रोहका क्रममा भएका सबै घटनाको नैतिक जिम्मेवारी लिने बताउदै आफू विद्रोहलाई शान्तिमा रुपान्तरण गर्ने र लोकतान्त्रिक प्रक्रियामार्फत सामाजिक रुपन्तरणको नेतृत्व गर्ने अवसर पनि पाएको बताए ।










प्रतिक्रिया दिनुहोस्