सम्पादकीय

सैनिक ऐन संशोधनको तयारी



नेपाली सेनाले जलविद्युत् परियोजनामा लगानी गर्न सैनिक ऐन–२०६३ संशोधनको तयारी गरेको छ ।

ऐन संशोधनपछि सेनालाई प्रवर्द्धधकका रुपमा परियोजनामा लगानी गर्न बाटो खुला हुने छ । सेनाको कानुन विभाग प्रमुख उपरथी रत्नप्रकाश थापाले जलविद्युत परियोजनामा नेपाली सेना प्रवर्द्धधक बनेर लगानी गर्नसक्ने गरी सैनिक ऐन–२०६३ संशोधनको तयारी भइरहेको जानकारी दिए । सरकारले सेनालाई दुईवटा परियोजनामा लगानी गर्न सुझाएको छ ।

सरकारले सैनिक कल्याणकारी कोषको लगानीबाट मनाङको भीमदाङ र लमजुङको दूधखोला जलविद्युत् परियोजना निर्माणको जिम्मा सेनालाई दिने तयारी गरेको छ ।

सेनाले पनि प्रवर्द्धधकको रुपमा जलविद्युत् परियोजनामा लगानी गर्न चासो देखाएको छ । यो समाचार आजको गोरखापत्रमा छापिएको छ ।