समाचार

वीरगन्जमा बम विस्फोट हुँदा दुई जना घाइते



वीरगन्ज, २५ साउन । वीरगन्ज महानगरपालिका–४ विर्ता बजारमा बम विस्फोटमा हुदा  दुई  जना घाइते भएका छन् ।

शुक्रबार साँझ सवा ७ बजेतिर तरकारी बजारमा बम विस्फोट हुँदा भारतको रक्सौल घर भएका २४ वर्षीय मिठु कम्कड र वीरगन्जको आदर्शनगरकी ३७ वर्षीया सीता गिरी घाइते भएका हुन् ।

घाइते दुवैको नारायणी उपक्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ । बम कसले र किन राखेको जानकारी नभएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।