समाचार

महिलाको सिक्री लुट्ने तीन जना पक्राउ



काठमाडौँ, २५ साउन । काठमाडौँमा महिलाहरुका सुनको सिक्री लुट्ने तीन जना पक्राउ परेको छन ।

प्रहरीले काठमाडौँका विभिन्न स्थानमा १० जना भन्दा बढी महिलाहरुको घाँटीमा लगाएका सुनका सिक्री लुट्ने  ३९ वर्षीय टम बहादुर सुनुवार, २४ वर्षीय टलक बहादुर रायमाझी र ३५ वर्षीय देवासिस दोलहीलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसरकाठमाडौँले जनाएको छ ।

पक्राउ पर्ने मध्ये सुनुवार र रायमाझी विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरी बाहिर निस्कि पुनः यस्तै अपराधिक काममा फर्किएको देखिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार सुनुवारको कोठाबाट लुटिएका सिक्री बिक्रिबाट प्राप्त २ लाख ५० हजार ५ सय रुपैयाँ नगद, सुनको सिक्रि लुटन प्रयोग हुने बा २९ प ७२७६ नं. को २०० सि.सी. को मोटरसाइकल, सुन जस्तो देखिने सिक्री थान १, सुन जोख्न प्रयोग गरिने तौल मेशिन थान १, मोवाईल थान ५ र घटना घटाउँदा प्रयोग गरिने कपडा तथा हेलमेटहरु बरामद गरेको छ ।

पक्राउ परेका उनीहरुमाथि  थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।