शैक्षिक

कास्कीमा एचआइभी सङ्क्रमितको सङ्ख्या बृद्धि



२०७३ चैत ४ शुक्रबार पोखरा( एचआइभी सङ्क्रमितको सङ्ख्या कास्कीमा बढ्दै गएको छ ।

जिल्ला जनस्वास्थ्य कार्यालयको एचआइभी÷एड्स हेर्ने स्रोत व्यक्ति नानीबाबु ढकालकाअनुसार यसवर्ष जिल्लामा दुई हजार दुईसय एचआइभी सङ्क्रमित छन् ।
गत वर्षको सोही अवधिमा एक हजार नौसय एचआइभी सङ्क्रमित थिए । सङ्क्रमितमध्ये नेपाल सरकारले निःशुल्क उपलब्ध गराएको एआरटी औषधि ९८८ जनाले खाइरहेको स्रोत व्यक्ति ढकालले बताए।

अवैध यौन सम्बन्धले भन्दापनि लागु औषध सेवन गर्ने सुईबाट बढी युवा एचआइभी सङ्क्रमित भएको उनले बताए। अठार वर्ष भन्दा मुनिका ५३ जना एचआइभी सङ्क्रमितलाई सरकारले मासिक एक हजार भत्ता उपलब्ध स्वास्थ्य खबरपत्रिका