Banner News

कार्यबहाक प्रम पोखरेलद्वारा सार्वजनिक सम्पत्तिको रक्षा गर्ने अभियानमा सबैलाई जुटन अपिल



काठमाडौँ, २५ साउन । कार्यबहाक प्रधानमन्त्री इश्वर पोखरेलले सार्वजनिक सम्पत्तिको रक्षा गर्ने अभियानमा जुटन सवै जनप्रतिनिधिलाई अपिल गरेका छन ।

आज बुढानिलकण्ठ नपा १२ कपनमा आयोजित मनमोहन जेष्ठ नागरिक केन्द्रको समुदघाटन तथा जेष्ठ नागरिक सम्मान कार्यक्रममा बोल्दै  कार्यबहाक प्रधानमन्त्री पोखरेलले सार्वजनिक सम्पत्ति हडप्ने, कब्जा गर्ने र नक्कली कागजात बनाउने प्रबृति निकै बढेको बताउदै अव सवै जनप्रतिनिधि र जनता सार्वजनिक सम्पत्ति रक्षामा दृढताका साथ लाग्नुपर्ने बताएका छन ।

उनले भने, सार्वजनिक सम्पत्तिको रक्षा गर्ने काम सरकारको मात्रै होइन, सवै नागरिकको कर्तब्य र दायित्व हो, यस्तो काम गर्नेलाई जोकोही भएपनि छुट दिनुहुन्न । ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्नु हामी सवैको कर्तब्य हो । यो सम्पत्ति सवै नागरिकले उपभोग गर्न पाउनुपर्छ । जहाँ–जहाँ खाली ठाउँ छ, त्यहाँ संरचना बनाइ हाल्ने कुरामा चाँहि सोच्नुपर्छ, ‘जहाँ खाली देख्यो, घर बनाउने, मन्दिर बनाउने गर्नुहुन्छ । पुराना मन्दिरको संरक्षण गरौं, भत्कन नदिउ, जहाँ खाली ठाउँदेख्यो, मासेर केही न केही बनाइ हाल्ने कुरा उचित होइन ।’

कार्यबहाक प्रधानमन्त्री पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले अघि सारेका समृद्ध नेपाल स् सुखी नेपालीको नाराभित्र सार्वजनिक सम्पत्तिको रक्षा पनि रहेको प्रष्ट पारे । उनले भने, ‘सार्वजनिक सम्पत्तिको रक्षा गर्न सिकाउनु पर्छ, सार्वजनिक सम्पत्ति कब्जा गरिहाल्ने, नक्कली कागज बनाइ हाल्ने काम अव रोक्नुपर्छ । त्यो कामको अगुवाई जननिर्वाचित साथीहरुले गर्नुपर्छ ।’