राजनीति

एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न



भक्तपुर, २६ साउन । स्वास्थ्य नै मानिसको सवैभन्दा ठूलो सम्पत्ती भएको बताउँदै निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ ।

घलाते चोक टोल सुघार समिति भक्तपुर, सेन्चुरी कमर्शियल बैंक, सूर्यविनायक शाखा कार्यालय, यो यो वेन्क्युट भक्तपुर र भक्तपुर हर्ट एण्ड डाइवेटिज सेन्टर, भक्तपुरको संयुक्त रुपमा निशुल्क स्वास्थ्य शिविर उद्घाटन नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले स्वयंम आफ्नै स्वास्थ्य परिक्षण गरि कार्यक्रम उद्घाटन गर्नुभयो ।

सांसद वस्नेतले स्वास्थ्य परिक्षणमा सुगर प्रेसर रगत मुटु सम्बन्धि परिक्षण गर्नु भएको थियो । उहाँले भन्नु भयो नियमितरूपमा स्वास्थ्य परिक्षण गर्नु पर्ने एवार्डनेश गर्न विभिन्न समयमा स्वास्थ्य शिविर संचालन गर्नु पर्ने स्वास्थ्य नै हाम्रो सम्पती हो त्यसैले हामी सदैव स्वस्थ रहन शिविरले महत्त्वपूर्ण भुमिका रहने बताउनुभयो । सांसद बस्नेतले स्वास्थ्य स्वस्थ रहन खानेपानीको मूल सफाई गरि स्वच्छ सफा शान्त वातावरणमय हुनुपर्नेमा जोड दिनुभयो ।

भक्तपुरमा अब फोहोर सफा गर्नेमात्र नभई मानिसको मन मस्तिष्कलाई सफा गर्नु पर्ने भएको बताउँदै उहाँले अभियान अन्तरगत नै वृक्षारोपण, दुवो रोप्ने, ट्राफिक लाईट, स्मार्ट बत्ती, स्मार्ट ट्वाइलेटलगायतका कुराहरुको व्यवस्थापन गरी दैनिक करिव बीस हजार सवारी साधन गुड्ने अरनीको राजमार्गलाई व्यवस्थित बनाउँदै लैजाने बताउनुभयो ।

कार्यक्रममा गंगालाल अस्पतालका विशेषज्ञ डाक्टरहरुद्वारा निशुल्क स्वास्थ्य शिविरका सेवाहरुमा चिनी रोग जाँच प्रेशर जाँच पिसाब जाँच डाक्टरको परामर्श तथा सल्लाह र आवश्यकता अनुसार निशुल्क इसिजी र मृगौला निशुल्क जाँच लगाएत १८० जनाले निशुल्क स्वास्थ्य परिक्षण गरेको राम गोपाल चगुठीले जानकारी गर्नुभयो ।

भक्तपुरमा सेन्चुरी बैंक सूर्यविनायक शाखाका प्रबन्धक एवं कार्यक्रम संयोजक उषा खांड भद्राको सभापतित्वमा उक्त स्वास्थ्य शिविर सम्पन्न भयो ।