कपिलवस्तु, २६ साउन । मायादेवी गाउँपालिका अध्यक्ष बजरंगी चौधरीको लु १ झ ४०० नम्बरको सरकारी गाडीमा आगजनी गरेको छ ।
अपरिचित समूहले शनिबार राति करिव १०ः३० बजेतिर सदरमुकाम तौलिहवामा रहेको भाडाको निवास अगाडि पार्किङमा राखिएको गाडीमा आगजनी भएको हो । आगजनीका कारण गाडी जलेर पूर्ण रुपमा क्षति भएको छ ।
आगजनी किन र कसले गर्यो भन्ने थाहा भएको छैन । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्