विश्व

अविरल वर्षासँगै पहिरोमा परि मृत्यु हुनेको संख्या २९ पुग्यो



एजेन्सी, २६ साउन । म्यानमारमा अविरल वर्षासँगै पहिरो आउँदा अहिलेसम्म मृत्यु हुनेको संख्या २९ पुगेको छ ।

मोन राज्यमा अविरल वर्षासँगै आएको पहिरोमा परि शनिबार बिहानसम्ममा मृत्यु हुनेको संख्या २९ पुगेको हो । “आज बिहान मात्रै थप सात शव भेटिएको छ, अरु ४७ भन्दा बढी घाइते भएका छन्,” पाउङका प्रशासक उ जाव मोए औङले सिन्ह्वालाई बताएका छन् ।

स्थानीय समय अनुसार शुक्रबार बिहान ७ बजेतिर पहिरो भएको थियो । पहिरो लगत्तै स्थानीय बासिन्दा र अन्य क्षेत्रबाट आएका उद्धारकर्मीहरुले खोजी तथा उद्धार कार्य गरिरहेका छन् । पहिरोले मोन राज्य अन्तर्गत पर्ने थाए प्यार कोने गाउँको १६ ओटा घर बगाएको अधिकारीहरुले जनाएका छन् ।