काठमाडौँ, २६ साउन । प्रधानमन्त्री केपी शर्मा ओली सोमबार स्वदेश फर्कने भएका छन ।
नियमित स्वास्थ्य परीक्षणका लागि सिंगापुर गएका प्रधानमन्त्री ओलीको परीक्षण रिपोर्टको बिस्तृत विवरण नआएपछि आज स्वदेश फर्कने कार्यक्रम स्थगित भएको हो ।
स्वास्थ्य परीक्षणको रिपोर्ट आउन बाँकी रहेकोले आज पनि प्रधानमन्त्री ओलीको स्वदेश फिर्ता हुने तालिका रद्द भएको हो । अस्पतालले आइतबार साँझसम्ममा रिपोर्ट प्राप्त हुने जानकारी दिएका कारण प्रधानमन्त्री ओली भोलि सोमबार मात्रै स्वदेश फर्कने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्