एजेन्सी, २६ साउन । चीनमा आएको शक्तिशाली समुन्द्री आँधीले मृत्य हुनेको संख्या २२ पुगेको छ ।
चिनियाँ समाचार संस्था सिन्ह्वाका अनुसार पूर्वी चीनको जेसियाङ प्रान्तमा आएको आँधीले ठूलो जनधनको क्षति पुर्याएको हो । अझै १० जना हराइरहेका छन् ।
१८७ किलोमिटर प्रति घन्टाको वेगमा आएको लेकिमा आँधीले कतिपय स्थानमा पहिरो गएको छ । पहिरोले नदीहरुको पानीको सतह १० मिटरमाथि सम्म पुग्दा डुबान भएको छ । १२० गाउँहरुलाई पानीले घरेको छ ।
प्रतिक्रिया दिनुहोस्