Banner News

स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणमा सहकार्य जरुरी : प्रधानन्यायाधीश जबरा



काठमाडौँ, २६ साउन । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि सरोकारवाला पक्षसँगको सहकार्य जरुरी भएको बताएका छन ।

आइतबार सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीनदिने गोष्ठीको उद्घाटन समारोहमा बोल्दै स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि अदालतको एक्लो प्रयासले मात्र नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह  समेत गरेका छन् ।

प्रधानन्यायाधीश राणाले गत भदौदेखि मुलुकी देवानी र मुलुकी फौजदारी संहिता कार्यान्वयनमा आएर एक वर्षको अनुभव लिइसेकेको उल्लेख गर्दै आगामी दिनमा अभ्यासमा अझ बढी निखार हुँदै जाने विश्वास व्यक्त गरे  ।

नेपाल बार एशोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानूनका विभिन्न विषयमा बेलाबेलामा हुने यस खालका गोष्ठीले कानूनको अध्ययन र अभ्यासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।