ललितपुर, २७ साउन । ललितपुर महानगरपालिकाले ‘बीउ एटिएम’ सञ्चालनमा ल्याएको छ ।
उक्त महानगरपालिकाले शहरी खेती साझेदारी कार्यक्रम अन्तर्गत कृषकहरुलाई उन्नतस्तरको बीउ एटियममार्फत् उपलब्ध गराउने गरी एटिएम सञ्चालनमा ल्याएको हो ।
त्यसमा ३६ जातका तरकारी तथा फलफूलको उन्नत बीउ पाउने व्यवस्था पनि गरिएको ललितपुर महानगरपालिकाले जनाएको छ । २०, ५० र १०० मूल्यका सफा नोट एटियममा घुसाएपछि उनीहरुले चाहे अनुसारको बीउको चित्र आउने र सोही चित्रमा थिचेपछि आवश्यक बीउ प्राप्त गर्ने व्यवस्था सो एटिएममा गरिएको छ ।
ललितपुर महानगरपालिकाले ‘पानी एटिएम’ पनि सञ्चालन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्