काठमाडौँ, २८ साउन । उदयपुरमा खोलाले बगाउँदा ६६ वर्षीय वृद्धको मृत्यु भएको छ ।
काली खोलाले बगाउँदा बेलका नगरपालिका-१ आम्बासीका राजकुमार तामाङको मृत्यु भएको हो ।
उनलाई खोलाले बगाएको भनी सूचना पाएलगत्तै भागलपुरको प्रहरी टोली घटनास्थल पुगी खोजतलास गर्ने क्रममा काली खोलाको दोभानमा उनको शव फेला पारेको हो ।
उक्त घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्