एजेन्सी, २८ साउन । बाढीका कारण भारतको केरला तथा कर्नाटक राज्यमा मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।
बाढीका कारण सोमबार साँझसम्म केरला राज्यमा ५७ जनाको निधन भएको छ भने कर्नाटकमा ४८ जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता रहेका छन् ।
इण्डिया टुडेका अनुसार बाढिका कारण केरलमा ५७ जना बेपत्ता तथा ३२ जना घाइते भएको छ । दुबै राज्यमा गरेर ६ लाख ७३ हजार ५ सय ५९ मानिसहरूको उद्धार गरिएको छ ।
डुबानका कारण २६५ घरमा पूर्ण क्षति भएको पनि समाचारमा जनाइएको छ । बाढीका करण २ लाख ५१ हजार विस्थापितहरूलाई केरल सरकारले १ हजार ६ सय ३९ राहत शिविरमा राखेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्