काठमाडौँ, २८ साउन । संयुक्त विद्यार्थी संगठनले नेपाल ल क्याम्पसमा तालाबन्दी गरेका छन् ।
मंगलबार एलएलएम प्रवेश परीक्षाको नतिजामा अनियमितता भएको भन्दै विद्यार्थी संगठनले तालाबन्दी गरेको जनाइएको छ ।
विद्यार्थी संगठनले एक विज्ञप्ति जारी गर्दै उक्त विज्ञप्तिमा भनिएको छ ‘प्रवेश परीक्षको नतिजा एक पटक प्रकाशित गरिसकेपछि पुनः अर्को नतिजा सार्वजनिक गर्दा अनियमितता भएको छ घटनाको तत्काल छानविन गरी सत्यतथ्य बाहिर नल्याएसम्म अनिश्चितकालिन तालाबन्दी गरिएको छ ।’










प्रतिक्रिया दिनुहोस्