काठमाडौँ, ३० साउन । खानेपानी मन्त्री बिना मगरले मेलम्ची आयोजनाको बाँकी कामलाई द्रुत गतिमा अघि बढाई निर्धारित समयमै सम्पन्न गर्न आयोजना प्रमुखसहितको टीमलाई आयोजनास्थलमै खट्न निर्देशन दिनुभएको छ ।
सिंहदरबारमा बसेको बैठकमा मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक सूर्यराज कँडेलसहितको टीमलाई आयोजनास्थलमै खटेर मेलम्ची आयोजनाको काम अघि बढाउन उहाँले निर्देशन दिनुभएको हो । आयोजनाका प्रमुख कँडेलले हेडवक्र्स र सुरुङ फिनिसिङ जस्ता ठूला प्याकेजका कामको ठेक्का सम्झौता गर्ने तयारी अन्तिम चरणमा रहेको जानकारी दिनुभयो । अहिले नदी संरक्षण र सुरुङभित्र भेन्टिलेसन साफ्टको काम भईरहेको उहाँले बताउनुभयो ।
मेलम्ची आयोजनाको काम छाडेर हिंडेको ठेकेदार कम्पनी सिएमसीबाट बाँकी भुक्तानी पाउन स्थानीय ठेकेदार तथा भेण्डरहरुले दाबी गरेका रकमको सन्दर्भमा अध्ययन गरी प्रतिवेदन पेश गर्न मन्त्रालयका सहसचिव चन्द्रबहादुर केसीको संयोजकत्वमा एक समिति समेत गठन गरिएको छ ।










प्रतिक्रिया दिनुहोस्