समाचार

प्रहरी कार्यालयमै पुगेर घुस दिने एक जना पक्राउ



काठमाडौँ, ३० साउन । प्रहरीलाई कार्यालयमै पुगेर घुस दिने खोज्ने एक जना पक्राउ परेका छन ।

पर्साको वीरगन्ज महानगरपालिका वडा नम्बर २२ का ३५ वर्षीय उपेन्द्र प्रसाद यादवले बाराको जीतपुर सीमरा उपमहानगरपालिका ७ स्थित ईलाका प्रहरी कार्यालय गई उनले अवैध रुपमा भारतबाट कुखुरा ल्याउने प्रयोजनका लागि १० हजार घुस दिन खोजेपछि पक्राउ गरिएको हो ।

यादवलाई प्रहरीलाई दिन खोजेको १० हजार घुस सहित नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।