नुवाकोट, ३१ साउन । नुवाकोटको किस्पाङ गाउँपालिका–५ मा निर्माणाधीन माथिल्लो त्रिशूली थ्री ‘बी’को निर्माण सामग्री भर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
बिहीबार शान्तिबजारस्थित हिम्दुङ एण्ड थोकर कन्स्ट्रक्सनको क्रसर उद्योगमा टिपरको ढाला खोलेर बालुवा भर्ने क्रममा करेन्ट लागेर मृत्यु हुनेमा रसुवाको कालिका गाउँपालिका–२ का बिक्रम १९ वर्षका थिङ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
बा ४ ख ८७१८ नम्बरको टिपरका सहचालक थिङलाई उपचारका लागि जिल्ला अस्पताल त्रिशूली ल्याउने क्रममा बाटोमै मृत्यु भएको हो । गाडीका चालक विष्णुबहादुर थिङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।










प्रतिक्रिया दिनुहोस्