काठमाडौँ, ३१ साउन । पत्रकार शालिग्राम पुडासैनी आत्महत्या प्रकरणमा मुछिएका सञ्चारकर्मी रवि लामिछानेलाई जिल्ला अदालत, चितवनमा उपस्थित गराइएको छ ।
चितवन प्रहरीका अनुसार अदालतबाहिर लामिछाने समर्थकले गरेको प्रदर्शनका बीच उनीसहित पत्रकार युवराज कँडेल र नर्स रुकु भनिने अस्मिता कार्कीलाई अदालत उपस्थित गराइएको हो
प्रहरीले भने थप अनुसन्धानका लागि हामीलाई अदालतले आज म्याद दिनेछ । कानूनतः आत्महत्यामा दुरुत्साहन गरेको अभियोगमा अदालतले अनुमति दिए प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न सक्छ ।
अदालतबाहिर प्रदर्शन गरिरहेका समर्थकले उनको रिहाइको माग गरिरहेका छन् ।










प्रतिक्रिया दिनुहोस्