Banner News

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य : नियमित काममा फर्कने



काठमाडौँ, ३१ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेसँगै नियमित काममा फर्कने उहाँको सचिवालयले जनाएको छ ।

बिहीबार ज्वरो आए पनि शुक्रबारदेखि स्वास्थ्य सामान्य भएको र नियमित काममा फर्कने तयारी रहेको सचिवालयले जनाएको हो ।

प्रधानमन्त्री बाहिर हल्ला चलेजस्तो बिरामी नभएको उहाँका प्रेस संयोजक चेतन अधिकारीले जानकारी दिनुभयो । उहाँ बिरामी भएपछि बिहीबार बस्न नसकेको नेकपाको सचिवालय बैठक शुक्रबार दिउँशो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा लागि बोलाइएको छ ।