काभ्रेपलाञ्चोक, ३२ साउन । अर्थमन्त्री डा। युवराज खतिवडाले अब करको दर बढाउने ठाउँ नभएको बताउनुभएको छ ।
काभ्रेपलाञ्चोकको धुलिखेलमा आन्तिरिक राजश्व कार्यालयको उद्घाटनमा उहाँले अघिल्लो वर्षमा करको दरहरु बढाउने सन्दर्भमा आयकरको दर मात्रै बढाएको बताउँदै उहाँले भन्नुभयो, “अहिले सबैभन्दा बढी रु २० लाखभन्दा बढीको आयकर ३६ प्रतिशत छ, अब केही वर्ष यसको पुनरावलोकन गर्नुपर्ने छैन ।”
संस्थागत आयकर र मुल्य अभिवृद्धि कर नबढाएको उल्लेख गर्दै उहाँले त्यसको अझैसम्म परिवर्तन नगरेको बताउनुभयो । उहाँले करको दर नबढेको तर सङ्घीय संरचनामा जाँदा तीन वटा सरकारलाई एक्लो सरकार देख्ने र प्रदेश र स्थानीय तहमा उठाउनुपर्ने करलाई सङ्घको सरकारको करसँग जोडेर सरकारले बढी कर लगाएको रहेछ भनेर एक वर्षको बीचको अनुभवले देखाएको बताउनुभयो ।
उहाँले स्थानीय लेखा नम्बर व्यवसाय गर्नेहरुका लागि अनिवार्य पत्र भएकाले ‘आम्दानी हुँदा तिर नहुँदा नतिर भन्ने उद्देश्यबाट’ व्यक्तिगत स्थायी लेखा नम्बरको व्यवस्था प्रयोगमा ल्याएको बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्