समाचार

पेट्रोलपम्पमाथि शिलबन्दी



काठमाडौँ, ३२ साउन । हेटौँडाको शिवम् फ्युल सेन्टर (पेट्रोलपम्प)लाई शिलबन्दी गरेको गुणस्तर तथा नापतौल क्षेत्रीय कार्यालय वीरगञ्जले जनाएको छ ।

पेट्रोलपम्पको शिल काटेर पेट्रोलियम पदार्थ बिक्री वितरण गरेको आरोपमा शिवम् फ्युलमा शिलबन्दी गरिएको हो । पम्पमाथि कारवाही फुकुवा नभएसम्म सो पम्पलाई नेपाल आयल निगमको डिपो कार्यालय अमलेषगञ्जलाई पेट्रोलियम पदार्थ उपलब्ध नगराउन जानकरी गराइएको छ ।