काठमाडौँ, ३ भदौ । गोरखाको मनकामना मन्दिर जाने केवलकारको भाडा बढेको छ ।
मनकामना दर्शन प्रालिले भदौ १ गतेदेखि लागू हुने गरी ५ प्रतिशत भाडा बढाएर ६ सय ७५ रुपैयाँ पुर्याइएको छ ।
यसअघि चितवनको कुरिनटारदेखि मनकामना मन्दिरसम्मको केवलकारको दुईतर्फी भाडा ६ सय ४० रुपैयाँ थियो । एकतर्फी यात्राको भाडा भने १० रुपैयाँ वृद्धि गरेर ३ सय ९५ रुपैयाँ पुर्याइएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकले भाडा बढाउने निर्णय गरेको मनकामना दर्शन प्रालिले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्