दाङ, ५ भदौ । दाङमा स्रोत नखुलेको झण्डै १६ लाख भारतीय रकमसहित पाँच व्यक्ति पक्राउ परेका छन् ।
लमही नगरपालिका वडा नं ९ जलकुन्डी क्षेत्रबाट पक्राउपर्नेमा एक महिलासहित चार पुरुष रहेका छन् । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं ५ बरुवागाउँ निवासी २७ वर्षीय हिराबहादुर विक, बाँके जिल्लाको कोहलपुर नगरपालिका वडा नं २ प्रेमनगर निवासी ४२ वर्षीय सुरेश विक, सोही ठाउँकै मनकुमारी खत्री, रोल्पा जिल्लाको त्रिवेणी गाउँपालिका वडा नं ९ निवासी ४३ वर्षीय प्रकाश केसी र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिका वडा नं ८ निवासी २७ वर्षीय शिव सिंह भनिने पूर्ण विक रहेको प्रहरीलेजनाएको छ ।
उनीहरुको साथबाट स्रोत नखुलेको भारु १५ लाख ७९ हजार ५८० रकम बरामद भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्