राजनीति

प्रहरी श्रीमती संघको ३५औं वार्षिकोत्सव सम्पन्न



काठमाडौँ, ५ भदौ । नेपाल प्रहरी श्रीमती सङ्घको ३५औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।

बुधबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा आयोजित विशेष समारोहमा महानिरीक्षक खनालले पानसमा दिप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए ।

सो कार्यक्रममा महानिरीक्षक खनालले समयसँगै संघको भूमिकामा समेत परिवर्तन आउनुपर्ने जोड दिँदै उनले महिला हिंसा एवम् महिला तथा बालबालिकाविरुद्ध हुने अपराध न्यूनीकरण गर्न र लागूऔषध दुव्र्यसनीलाई सहि मार्गमा ल्याउन संघले खेलेको भूमिका सबैको मन मनमा पुग्नुपर्ने बताए ।

उक्त कार्यक्रममा संघलाई निरन्तर रुपमा उल्लेखनीय सहयोग गर्ने प्रहरी कर्मचारी तथा सेवामूलक कार्यमा सहयोग पुर्याउने महानुभावहरुलाई प्रशंसापत्र तथा मायाको चिनो प्रदान गर्दै संघबाट प्रकाशित वार्षिक स्मारिका “सहचरी” को विमोचन समेत गरेका छन ।

समारोहमा राष्ट्र र नागरिक सेवामा समर्पित प्रहरीले सामना गर्नुपर्ने कठिन परिस्थितिलाई सहज बनाउन परिवारले दिएको योगदानको उच्च प्रशंसा गर्दै महानिरीक्षक खनालले सामाजिक सेवाका कार्य हरेक पीडितको दिलमा बस्न सके सफल हुने उल्लेख समेत गरे ।