जुम्ला, ५ भदौ । जुम्लामा स्याउ महोत्सव हुने भएको छ ।
उत्पादित स्याउलाई राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरसम्म चिनाउन यही भदौ १४ गते ‘जुम्ला स्याउ महोत्सव २०७६’ हुने भएको हो । अघिल्लो वर्ष तीन हजार १५० मेट्रिकटन स्याउ फलेको थियो । यस वर्ष त्यसको दोब्बर छ मेट्रिकटन स्याउ फल्ने अनुमान कृषि ज्ञान केन्द्रको छ ।
उत्पादित स्याउको निर्यात प्रक्रियालाई प्रभावकारी बनाउने र स्याउ खानकै लागि जुम्ला पुग्न सघाउ होस् भनेर स्याउ महोत्सव गर्न लागिएको कान्जिरोवा टाइम्सका प्रबन्धक निर्देशक महेन्द्र कार्कीले बताए ।
उनका अनुसार स्याउको उत्पादन, प्रवद्र्धन तथा बजारीकरणमा टेवा पु¥याउने, एप्पल टुरिज्मको आधार तय गर्ने र स्याउका परिकारको उत्पादनसम्बन्धी प्रचार–प्रसार गर्ने उद्देश्यले महोत्सव गर्न लागिएको जनाएको छ । एक दिनको महोत्सवमा स्याउका विभिन्न परिकारका स्टल राखिने छ ।










प्रतिक्रिया दिनुहोस्