Banner News

प्रधानमन्त्री ओलीद्वारा गौरापर्वको शुभकामना



काठमाडौँ, ६ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज गौरापर्वको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसाँस्कृतिक विशेषता हाम्रो देशका अमूल्यहरु निधि भएको बताएका छन ।

प्रधानमन्त्री ओलीले उक्त जारी गरिएको शुभकामना सन्देशमा भनिएको छ, ‘हाम्रा चाड पर्व जीवन्त अन्तर–सांस्कृतिक अन्र्तघुलनका अनुपम उदाहरण हुन, सद्भाव र एकताको प्रवद्र्धन गर्ने हाम्रा अनेकौं पर्व र साँस्कृतिक अवसरहरु मध्येको एक गौरा पर्वले समस्त नेपाली दिदीबहिनी दाजुभाइहरुबीचको आपसी सद्भावलाई अझ मजवूत बनाउने विश्वास गर्दछु ।’

गौरा पर्व विशेष गरेर डोटी र कुमाउँमा परापूर्व कालदेखी नै मनाउँदै आएको पर्व हो । गौरा पर्व भाद्र कृष्ण को षष्ठी देखी अष्टमी सम्म विभिन्न कार्यक्रमहरूको आयोजना गरेर मनाइन्छ । बिरुडा भिजाएको केही दिनपछि महिलाहरूले सामूहिकरूपमा धान, साउँ, तिल, अपामार्ग आदि बिरुवाका बोटबाट गौराको प्रतिमा (मूर्ति) बनाई गौराघरमा भित्र्याउँछन् । धार्मिक अनुष्ठान एवं पूजाआजाका साथै गौरालाई गौराघरमा भित्र्याइसकेपछि श्रद्धालु महिलाद्वारा शिव र गौरी (गौरा)को पूजाआजा गर्ने गरिन्छ।