समाचार

नेपाल प्रहरीमा ३,८३१ जनाको लागि जागिर खुल्यो



काठमाडौँ, ६ भदौ । नेपाल प्रहरीले विभिन्न पदका लागि ३ हजार ८ सय ३१ जनाको दरखास्त आह्वान गरेको छ ।

प्रहरी प्रधान कार्यालयको मानवश्रोत एवं भर्ना छनौट महाशाखा नक्सालले खेलाडीका लागिसमेत भर्ना खोलेको छ ।

राष्ट्रिय प्रहरी प्रशिक्षा प्रतिष्ठान महाराजगंजमा मात्र दरखास्त दिन सकिने गरी २५ जना खेलाडी मागेको छ । त्यस्तै प्रहरी जवान पदमा ३ हजार पाँच सय ९६ जना मागेको छ।

१९० जना भान्छे र १० जना हजामको माग गरेको छ । त्यस्तै कुचिकार २० जना मागेको छ ।