भक्तपुर, ६ भदौ । भक्तपुर चाँगुनारायणमा आफ्नै श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान पक्राउ परेका छन् ।
बिहीबार आफू बिरामी हुँदा श्रीमानले बलात्कार गरेको जाहेरी श्रीमती सावित्री (नाम परिवर्तन) ले महानगरीय प्रहरी परिसर भक्तपुरमा दिएपछि प्रहरीले श्रीमान मोहन (नाम परिवर्तन) लाई पक्राउ गरेको हो ।
रामेछापका अहिले चाँगुनारायण नगरपालिकामा बस्दै आएका ३० वर्षीय श्रीमानले २६ वर्षीया श्रीमतीलाई बलात्कार गरेको जाहेरी आएपछि श्रीमानलाई पक्राउ गरिएको प्रहरी परिसर भक्तपुरले जानकारी दिएको छ ।
प्रहरीले थापाथलीस्थित प्रसूतिगृहमा श्रीमतीको स्वास्थ्य परीक्षण गरिएको र श्रीमानको शुक्रबार स्वास्थ्य परीक्षण गरी अदालत पेश गर्ने र थप अनुसन्धान गर्ने प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्