राजनीति

‘विप्लव’ समूहका जनसरकार प्रमुख पक्राउ



नवलपरासी, ६ भदौ । नवलपरासीका ‘विप्लव’ समूहका जिल्ला सदस्य एवं जनसरकार प्रमुखलाई प्रहरीले पक्राउ गरेको छ ।

गए राति नगरपालिका-१३ बडेरास्थित घरबाटै जनसरकार प्रमुख प्रेमप्रसाद ढकाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय पश्चिम नवलपरासीले जनाएको छ ।

पक्राउ परेका ढकाललाई जिल्ला प्रहरी कार्यलयमा राखी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।