Banner News

पार्टीभित्रको वादविवाद श्रीमान् श्रीमतीको घर झगडा जस्तो मात्र : बरिष्ठ नेता नेपाल



काठमाडौँ, ७ भदौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले पार्टीभित्रको वादविवादश्रीमान् श्रीमतीको घर झडा जस्तो मात्र भएकाले आफू र पार्टी अध्यक्ष केपी शर्मा ओलीबीच भनाभन भएको विषयलाई गम्भीर ढंगले नबुझ्न आग्रह गर्नुभएको छ ।

सहयोगी नगर सामुदायिक समाजले आज काठमाडौँमा गरेको कार्यक्रममा नेता नेपालले विषयवस्तुमाथिको बुझाइमा एकरुपता ल्याउन, एजेण्डा स्थापित गर्न पार्टीभित्र वादविवाद भइरहने बताउनुभयो । उहाँले भन्नुभयो, ‘पार्टी भित्रको सामान्य विवाद श्रीमान् श्रीमतीको घर झगडाको रुपमा बुझ्न सवैलाई आग्रह गर्दछु । झगडा भयो भनेर वैवाहिक जीवनप्रति नै निरास हुनुको सट्टा समस्या समाधान गर्दै अघि बढ्नुपर्छ । राजनीतिमा पनि भागेर नभइ समस्याको सामना गर्दै अघि बढ्नुपरर्छ ।’