राजनीति

सानोठिमी क्याम्पसका राष्ट्रिय प्राध्यापक सङ्गठन र प्रगतिशील प्राध्यपाक सङ्गठन एकीकृत



भक्तपुर, ७ भदौ । सानोठिमी क्याम्पसमा क्रियाशील नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन र नेपाल प्रगतिशील प्राध्यपाक सङ्गठनले एक कार्यक्रम बिच एकता संयोजन समिति गठन गर्दै एकीकृत भएका छन् ।

नेपाल राष्ट्रिय प्राध्यापक सङ्गठन पूर्व नेकपा माओवादी निकट र नेपाल प्रगतिशील प्राध्यपाक सङ्गठन नेकपा एमाले निकट वैचारिक प्राध्यापक सङ्गठनहरु हुन् । २४ सदस्यीय एकता संयोजन समितिको संयोजक द्वयमा अम्बर जङ लिम्बु र सोम नाथ ढकाल रहेका छन् ।

समितिका सदस्यहरुमा इन्दिरा चौलागाईं, बलराम देवकोट, नवराज अर्याल, सुमन कुमार श्रेष्ठ, खगेन्द्र बराइली, विष्णु अधिकारी, प्रेमबहादुर केसी रहेका छन् । यसरी नै डा। उषा आचार्य, कल्याणी वोली, चुणमाणि पौडेल, जीवन ढुङ्गाना, तारानिधि दाहाल, तारा प्रसाद न्यौपाने, दामोदर प्रसाद रेग्मी, नर्मदा भुषाल, रेग बहादुर भण्डारी, रोमकान्त पाण्डे, लक्ष्मी जिसी, लोकनाथ तिम्सिना, सिद्धिबहादुर महर्जन र सुजन सोडारीसदस्य रहेका छन् ।

एकता संयोजन भेलामा नेपाल राष्ट्रिय प्राध्यपाक संङ्गनका केन्द्रीय कार्यालय सदस्य पूर्णबहादुर लामिछाने, नेपाल प्रगतिशील प्राध्यापक सङ्गठनका केन्द्रीय सचिवालय सदस्य हिमलाल पुरीले विश्वविद्यालय र क्याम्पसहरुमा प्राध्यापकहरुले स्वच्छ शैक्षिक वातावरण तथा प्राज्ञिक मर्यादा कायम गर्नुपर्ने धरणा राखेका थिए ।

यसरी नै त्रिभुवन विश्वविद्यालय प्राध्यापक सङ्घ सानोठिमी क्याम्पस एकाइका सभापति मुकुन्द प्रसाद रिजाल र नेपाल राष्ट्रिय प्राध्यपाक संङ्गठनकी केन्द्रीय सदस्य कल्पना ज्ञवालीले गुणात्मक शिक्षाका लागि प्राध्यापकहरु समर्पित हुनु पर्ने विचार राखेका थिए ।