Banner News

सार्वजनिक सम्पत्ति हडप्न खोज्ने जो कोहीलाई पनि छोड्दैनौ : काव प्रम पोखरेल



काठमाडौँ, ८ भदौ । कार्यवहाक प्रधानमन्त्री तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले सार्वजनिक सम्पत्ति हडप्न जो कोहीलाई पनि नछोड्ने  बताएका छन् ।

काठमाडौँमा महानगरपालिका वडा नम्बर ४ मा प्रदेशसरकारद्धारा निर्माण गरिएको पार्कको उद्घाटन गर्दे काव प्रम पोखरेलले सार्वजनिक सम्पत्ति हडप्न खोज्ने व्यक्तिहरु आफुहरु भित्रै भएको बताउदै उनले तर भन्न नचाहेको कुरा व्यक्त गरेका छन् ।

उनले भने, ‘अहिले एउटा हाम्रो अगाडि चुनौति छ । सार्वजनिक सम्पत्तिको रक्षा कसरी गर्ने ? म तपाईहरुलाई तोकेर भन्न चाहन्न ।’ साथै  उनले सार्वजनिक सम्पत्ति सुरक्षाको विषय गम्भीर र चुनौतिपुर्ण बन्दै गएको समेत बताएका छन् ।