स्याङ्जा, ८ भदौ । स्याङ्जामा रुख ढलेर थिच्दा खेत गोडिरहेकी एकजना महिलाको मृत्यु भएको छ ।
चापाकोट नगरपालिकार-१० मा रुख ढलेर थिच्दा खेत गोडिरहेकी स्थिानीय ५८ वर्षीया निनिकुमारी गाहा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ ।
आफ्नो खेतमा एक्लै धान गोडिरहेकी गाहालाई अचानक बरको रुखले थिच्दा घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ ।










प्रतिक्रिया दिनुहोस्