काठमाडौँ, ८ भदौ । टोखा नगरपालिकाले गत वर्षको योजनाबाट अपेक्षाकृत भौतिक पूर्वाधार निर्माण गरेको छ । नगरपालिकाको आफ्नै योजना, प्रदेश र सङ्घीय सरकारका रकमबाट भौतिक पूर्वाधार निर्माण गरेको हो ।
स्थानीयको माग र चहाना अनुसार नै नगरपालिकाले भौतिक पूर्वाधार निर्माण गरेको हो । वडा नं. २ मा सामुदायिक भवन निर्माण, वडा नं. ८ मिलन टोलमा खानेपानीको पाइप विस्तार, वडा नं. १ मा चारतारे सामुदायिक भवन निर्माण भएका छन् । वडा नं. ४ मा विनायक टोल विकास संस्था सडक कालोपत्रे, डाँफे टोल विकास संस्था सडक निर्माण भएका हुन् ।
त्यस्तै खोपाचो पालिख्य हुँदै विष्णुमति जाने सडक, टोखा ३ बाट सूर्यदर्शन टोल हुँदै ग्राण्डी अस्पतालतर्फ निष्कने सडक स्त्तरउन्नती गरिएको, धमलटार पुरानो वस्ती खानेपानी पाइललाई विस्तार एवं ट्याङ्की निर्माण, टोखा मनोहर तिर्थ घाट पुल निर्माण, टोखा मूल बजारको गेटदेखि गणेश मन्दिरसम्म सडक ग्रावेल र ढलान गरिएको टोखा नगरपालिकाले जनाएको छ । वडा नं. २ मा रहेको गणेश पोखरी मर्मत सम्भार, ओमप्लाजा विष्णुमतिमा ढल तथा सडक निर्माण, वडा नं. ८ को मितेरी टोलमा ढल तथा पक्की सडक निर्माण भएका छन् ।
एक हजार ७०१ भूकम्पका लाभग्राही मध्ये अहिलेसम्म ६०० वटा घर निर्माण सम्पन्न भइसकेका छन, ८५० देखि ९०० वटा घर निर्माणाधिन अवस्थामा रहेको नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले जानकारी दिनुभयो ।
उहाँका अनुसार नगर एवं वडा स्त्तरीय विपत व्यस्थापन समिति गठन गरिएको, जनप्रतिनिधिलाई विपत जोखिम न्यूनिकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम गरिएको, राजश्वर जिन्सी सफ्टवेयर निर्माण गरिएको, युवाहरुलाई कम्युटर तथा सफट्वेर सम्बन्धी तालिम प्रदान गरिएको, पाँच करोड ८६ लाख रूपियाँ बजेरुजु फछ्यौट भएका छन् ।
स्थानीय सरकार सञ्चालनका लागि नगरपालिकाले गत आर्थिक वर्षमा २२ वटा कानुन निर्माण भएका छन् । चालु आर्थिक वर्षमा सङ्घीय सरकारको राष्ट्रिय लक्ष्य हासिल गर्नका लागि “ऐतिहासिक साँस्कृतिक समृद्ध पर्यटकीय टोखा नगर” को आधार तयार गर्न लक्ष्य लिएको छ । जनता सुरक्षा कार्यक्रम अन्तर्गत मुख्य मुख्य सडकमा सीसीटीभी जडान गर्ने र मेयर उज्यालो कार्यक्रम अन्तर्गत नगरपालिका मुख्य मुख्य चोक तथा घना वस्तीमा सडक बत्ति जडान गर्ने, मेयर उत्कृष्ट कृषक सम्मान कार्यक्रम सञ्चालन गर्ने, टोखा तलेजु मन्दिर परिषरलाई चाकु स्तम्भ सहितको पार्क निर्माण गर्ने, पर्यटन वर्ष सन २०२० लाई लक्षित गरी भिजिट टोखा सन २०२० सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ ।
प्रत्येक वडामा उत्पान हुन सक्ने संभावित वस्तुको पहिचान गरी एक वडा एक उत्पादन गर्ने नीति नगरपालिकाले लिएको नगरपालिका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताउनुभयो ।
टोखा नगरपालिका वडा नं. २ र ३ को प्राचिन वस्तीलाई टोखा साँस्कृतिक संरक्षित घोषणा गरी आवश्यक काम अगाडि बढाउने नीति नगरपालिकाले लिएको छ । मेयर दिवा खाजा अन्तर्गत सामुदायिक विद्यालयका विद्यार्थीहलाई निःशुल्क खाजा कार्यक्रम सञ्चालन गर्ने नीति लिएको उहाँले बताउनुभयो ।










प्रतिक्रिया दिनुहोस्